काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम नतिजा सार्वजनिक भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सानदार मतका साथ विजयी भएका छन्।
यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका ठूला र परम्परागत दलसहित अन्य सबै उम्मेदवारहरूको जमानत (धरौटी) जफत भएको छ। मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका छन्।