प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ । काठमाडौं–६ मा रास्वपाका उमेदवार शिशिर खनाल अगाडी छन् ।
निर्वाचन आयोगको तथ्यांकानुसार, खनालले २५ हजार ६१९ मत प्राप्त गरेका छन् भने कांग्रेसका सबुज बानियाँले ६ हजार १२४ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेका अमनुकुमार मास्केले तीन हजार ९९७ मत ल्याएका छन् भने राप्रपाका उद्धवराज भेटुवालले एक हजार २००, नेकपाका हेमलाल शर्माले एक हजार ९८, उज्यालो नेपाल पार्टीका उमेदवार वारिस धरेलले ७५१ मत पाएका आयोगको तथ्यांक छ ।