Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सुर्खेत–१ मा कांग्रेसको अग्रता, रास्वपा तेस्रो

सुर्खेत निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम गरेका छन् । छ हजार २५९ मत गणना गर्दा खड्काले दुई हजार ५१० मत प्राप्त गरेका हुन् ।

त्यसैगरी, नेकपा एमालेका ध्रुवकुमार शाहीले एक हजार ६५४, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले एक हजार ४४२ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २५४ मत प्राप्त गरेका  निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए ।

उक्त निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासी छन् । एक लाख २२ हजार ९०२ मतदाता सङ्ख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।