Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

साउदी तेल कम्पनिको प्रशोधन केन्द्रमा इरानको आक्रमण

इरानले साउदी अरेबियाको तेल कम्पनि साउदी आरामकोको रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ ।

मानवविहीन विमानबाट गरिएको आक्रमणपछि अरामकोले सोमबार रास तनुरा प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरेको हो । आक्रमणपछि केन्द्रबाट धुँवाको मुस्लो बाहिर निस्किएको देखिएको छ । 

इरानले अमेरिकाका सहयोगी देशहरुमा आक्रामक रुपमा आक्रमण शुरु गरेको छ र तेल केन्द्रहरुलाई निशाना बनाएको छ ।

यसैबीच इरानमाथि आक्रमण जारी रहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ  ।