Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको आनुरोध

यूएईको अबुदाबीस्थित नेपाली राजदूतावासले सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा दोस्रो एडभाइजरी जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।

यस्ता कार्य कानून बमोजिम दण्डनीय हुने भन्दै दूतावासले यो चेतावनी आधिकारिक निकायबाट जारी भएकोसमेत प्रष्ट पारेको छ ।