नेपाल आयल निगमले देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको बताएको छ । निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको बताएको हो ।
कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको हो ।
कार्यकारी निर्देशक भट्टले भारतीय आयल कर्पोरेसनबाट नेपालका लागि मंगलबार यो वर्षकै सबैभन्दा बढी ग्यास लोड भई नेपालतर्फ प्रस्थान भएको बताएकी छन् ।
हिजो मंगलबार मात्रै विभिन्न ग्यास डिपोहरूबाट कुल १३८ बुलेट ग्यास लोड भएको निगमले जनाएको छ । यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हो ।