उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ । उक्त दुर्घटना सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी झन्डै एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेको छ ।
घटनाबारे भने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा अहिले प्रहरी खटिरहेको छ ।