Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

माघ महिनादेखिनै फुल्न थाले लालीगुराँस

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघ क्षेत्रमा ढकमक लालीगुराँस फुलेको छ । सामान्यतः चैत–बैशाखमा फुल्ने गुराँस यस वर्ष बेँसी क्षेत्रहरूमा माघ महिनादेखिनै फुल्न थालेको हो । 

लालीगुराँस समुद्री सतहबाट १२ सयदेखि ३५ सय मिटर भौगोलिक उचाइसम्म पाइन्छ। संसारभर गुराँसको १ हजार ७३ प्रजाति छन्। तीमध्ये एक प्रजाति लालीगुराँस हो । 

यसको वैज्ञानिक नाम रोडोडेन्ड्रन अर्बोरियम हो। गुराँस जाति अन्तर्गत लालीगुँरास सबैभन्दा अग्लो रुख हुने प्रजाति हो।

gurans.png
gurans.png

तस्बिरः दिलकुमार लिम्बू