Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मनमैजुमा घरभित्र चितुवा पस्यो, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो । घाइते तीनै जनालाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।

घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको छ । अहिले डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।