Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ

नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएका टोलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षिय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका-५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

थप अनुसन्धान अगाडि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सूचना अधिकारीले जानकारी दिए ।