राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नागरिकता रद्द गर्न माग गर्दै युवराज सफलले गृह मन्त्रालयमा उजुरी दर्ता गरेका छन्। सफलले आज गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।
बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरी ‘शाह’ बनाएपछि उजुरी गरिएको छ ।
बालेनलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।