Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रास्वपा छोडेका प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश

केहि दिन अगाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका  केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  विहिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्। 

राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए । राणा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट काठमाडौँ- ५ को उम्मेदवार बनेर ५ हजार ४७७ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।

रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्धति मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । 

त्यस्तै काठमाडौंको क्षेत्र नम्बर ३ मा बलियो प्रभाव रहेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन् ।