Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

म असल, बाँकी सबै खराब भनेर देश बन्दैन : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु नयाँ सङ्कल्पको साथ अगाडी बढेको बताएका हुन् ।

‘नेपाललाई अहिले सुधार चाहिएको छ। सुधारको ग्यारेन्टी लिएर हामीहरू उभिएका छौँ । संकल्प लिएर, योजना लिएर तथा कुन दिन के गर्ने ? अबको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०/१२ वर्ष जसरी विकास हुनुपर्थ्यो, त्यो हुन सकेन,’ उनले भने ।

उनले देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको समेत बताएका छन् ।

‘देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न । म असल, बाँकी सबै खराब भनेर देश बन्दैन । बन्नै सक्दैन,’ सभापति थापाले भने ।

उनले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने पनि बताए ।