Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन् ।

मंगलबार ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले शीतल निवासमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन् ।

उनले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको धारणा व्यक्त गरे । ग्याल्पो ल्होछार फागुन ६ गते बुधबार मनाइँदै छ ।