Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

को हुन् सिन्धुली-१ का उम्मेदवार उज्वल प्रसाद बराल ?

सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उज्वल प्रसाद बराल उम्मेदवार छन् । सिन्धुलीका सक्रिय नेताका रूपमा चिनिँदै आएका बराल अध्ययनशील, बौद्धिक र कर्मठ व्यक्तित्व हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् ।

वि.सं. २०३७ सालदेखि निरन्तर राजनीतिमा सक्रिय बरालले विद्यार्थी राजनीतिबाट सुरु गरेको यात्रा जिल्ला सभापतिसम्म पुर्‍याएका छन् । यस अवधिमा उनले जनताका साना–ठूला समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्दै सहयोगी, प्रतिबद्ध र जनउत्तरदायी नेताको पहिचान बनाएका छन् । बराल राम सागर क्याम्पसमा सहसचिव र कार्यवाहक सभापति समेत रहेका थिए । उनी राजनीतिका जानकार, ऊर्जाशील र मिलनसार नेताका रूपमा स्थापित छन् ।

‘लोकतन्त्रमा बोल्न, लेख्न, पढ्न स्वतन्त्र हुन्छ । हाम्रो देश चरम गरीबिमा थियो, त्यती बेला विकास थिएन । अन्धकार थियो । त्यो व्यवस्था नफालेसम्म देशको विकास हुँदैन । दिन दुखी गरीब र बोल्न नसक्नेहरुको आवाज ठाउमा पुग्दैन भन्ने लाग्यो । अध्ययन गर्दै जादा बिपी कोइरालाको सिद्धान्तसँग प्रभावित भए । यदि गरीब दुखीहरुको सेवा गर्नुछ भने म राजनीतिमा आउनुपर्छ भन्ने लाग्यो । यो बाहेक मैले अरु बाटो देखिन र राजनीतिमा लागे ।'

कांग्रेसलाई बलियो बनाउन लागीपरेका बराल नयाँ पुस्ताका लागि समेत प्रेरणाको स्रोत बनेका छन् । युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेका उनी जेनजीको चाहना अनुसार राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन गर्न सक्ने क्षमता भएका नेताका रूपमा हेरिन्छन् । उनी आजका युवाका मार्गदर्शक बन्दै अघि बढिरहेका छन्। 

वि.स. २०२३ मा जन्मेका उनी पञ्चायती व्यवस्था विरुद्ध लड्न राजनीतिमा आएका हुन् । उनलाई राजनीतिमा आउन बिपी कोइरालाको सिद्धान्तले प्रेरित गर्‍यो । देश विकास गर्न प्रजातन्त्र नभइ नहुने लागेर उनी २०३७ सालदेखि राजनीतिमा होमिए । 

राजनीतिमा तपाई किन भन्ने प्रश्नमा बराल भन्छन्- ‘लोकतन्त्रमा बोल्न, लेख्न, पढ्न स्वतन्त्र हुन्छ । हाम्रो देश चरम गरीबिमा थियो, त्यती बेला विकास थिएन । अन्धकार थियो । त्यो व्यवस्था नफालेसम्म देशको विकास हुँदैन । दिन दुखी गरीब र बोल्न नसक्नेहरुको आवाज ठाउमा पुग्दैन भन्ने लाग्यो । अध्ययन गर्दै जादा बिपी कोइरालाको सिद्धान्तसँग प्रभावित भए । यदि गरीब दुखीहरुको सेवा गर्नुछ भने म राजनीतिमा आउनुपर्छ भन्ने लाग्यो । यो बाहेक मैले अरु बाटो देखिन र राजनीतिमा लागे ।'

कांग्रेसले नयाँ नेतृत्व कायम गरी बेथिती, कुशासन र भ्रष्टचारलाई रोक्ने उनको दाबी छ । यसअघिका नेतृत्वहरु देउवा, ओली र प्रचण्ड मिलेर देशलाई डुबाउने र दमन गर्ने गरेको उनको आरोप छ ।

‘नेपाली कांग्रेसलाई बदलिसक्यौं अब देशको स्थिति पनि बदल्छौं । विकास गर्दा भएका प्रतिरोधलाई फुकाउँछौं । हामी नयाँ संकल्पको साथ आएका छौं’, उनले भने ।

पहिलेभन्दा अझै राम्रो विकास गर्नका लागि आफूहरु अगाडी बढेको उनले बताए । सिन्धुलीमा नदिले कटान गरेको जग्गाहरुलाई व्यवस्थित गर्ने र परम्परागत कृषिलाई व्यवसायिक कृषिमा अगाडी बढाउने उनको भनाइ छ ।

उनले सेवाग्राहीलाई सेवा नदिने र जहाँपनि पैसाबिना कुनै काम नहुने त्यस्तो अवस्थाबाट देशलाई मुक्त गर्ने पनि बताए । स्वास्थ्य, शिक्षा, प्रविधि र कृषिमा आधुनिकरण जस्ता कुरा छन् । वातावरण पर्यावरण, पर्यटक भित्र्याउने, मनोरन्जनका कुरा आदी इत्यादी सबै कुराहरुलाई कसरी अझै व्यवस्थित गर्ने भन्ने विषय पार्टीको घोषणा पत्रमा समेट्ने उनले बताए । 

आफ्नो प्रतिस्पर्धी एमाले भएपनि कांग्रेसले नै जित्ने बरालले दाबी गरे । जिल्लाको समग्र विकासलाई हेर्दा पनि उनले धेरै विकास गरेका छन् । चाहे त्यो रोजगारीको क्षेत्रमा होस् वा पुर्वाधारको क्षेत्रमा होस्, सांस्कृतिक क्षेत्रमा र धार्मिक क्षेत्रमा पनि उनले गरेका सबै कार्यले बराल आफू चुनाव जित्नेमा विश्वस्त छन् ।