Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । शुक्रबार सम्पन्न ४७ औँ नगर कार्यपालिका बैठकमा बोल्दै उनले वृद्धभत्ता वितरणसँगै ज्येष्ठ नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई थप व्यवस्थित ढंगले अगाडि बढाउन सकिने बताइन् ।

उनले भनिन्, वृद्धभत्ताको कुरा गर्दा हामीले अहिले ७० वर्ष र सोभन्दा माथिका आमाबुबालाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा सुरु गरेका छौँ। यही क्रममा यो कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाउन सकिन्छ ।’

उनका अनुसार महानगरका विभिन्न वडाहरूले घरमै पुगेर सेवा दिने अभ्यास सुरु गरिसकेका छन्र्। जो वडासम्म आउन सक्नुहुन्न, उहाँहरूका लागि घर–घरमै सेवा दिने काम थुप्रै वडाले गरिरहेका छन्। उदाहरणका लागि, १७ वटा वडाले यो सेवा अघि बढाइसकेका छन्,’ उनले उल्लेख गरिन्।

डंगोलले बाँकी वडालाई पनि आफ्नो टिम र सरोकारवालासँग छलफल गरेर यस्तो सेवा विस्तार गर्न आग्रह गरिन्। ज्येष्ठ नागरिकलाई सहज, सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउने लक्ष्यसहित महानगरले कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो।