नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उनी बिहीबार काठमाडौँस्थित केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन्। रास्वपा सङ्खुवासभाका सभापति भक्तनारायण श्रेष्ठका अनुसार रास्वपाका उम्मेदवार मिङमा शेर्पाको विशेष पहलमा राई पार्टीमा आबद्ध भएका हुन्।
मिङमा शेर्पा स्वयं पनि पूर्व कांग्रेस महासमिति सदस्य हुन्। उनीसँगै नेकपा एमाले निकट खेलकुद महासंघका अध्यक्ष सुनिल श्रेष्ठले पनि रास्वपा प्रवेश गरेका छन्। साथै युवा संघका जिल्ला सदस्य र तरुण दलका जिल्ला सदस्यले समेत सोही दिन रास्वपा रोजेका छन्।
मौसम खराबीका कारण तुम्लिङटार–काठमाडौँ उडान रद्द भएपछि राई र श्रेष्ठ हेलिकप्टरमार्फत काठमाडौँ पुगेका थिए।