Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

शेरबहादुर देउवा एमाले प्रवेश

नेपाली कांग्रेसका स्थानीय नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका–स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका तत्कालीन मष्टामाण्डौ गाउँकमिटी उपसभापति देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गरेका हुन्। उक्त जानकारी नेकपा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले दिएका छन्।

एमाले प्रवेशपछि देउवाले नेकपा एमाले नै राष्ट्र निर्माणको प्रमुख शक्ति भएको दाबी गर्दै प्रतिनिधिसभा उम्मेदवार चक्रप्रसाद स्नेहीलाई विजयी गराउन आफू पार्टी प्रवेश गरेको बताएका छन्।

गन्यापधुरा गाउँपालिका–३ मा देउवाको राम्रो प्रभाव रहेको बताइएको छ। उनलाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही, प्रतिनिधिसभा उम्मेदवार चक्रप्रसाद स्नेहीलगायतका नेताहरूले स्वागत गरेका थिए।