Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

राष्ट्रिय मुक्ति पार्टी नेपालबाट धनुषा-३ मा उमेदवार बनेका झा रास्वपा प्रवेश

राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष एवं धनुषा क्षेत्र न. ३ का उम्मेदवार राजीव कुमार झा रास्वपामा प्रवेश गरेका छन् । उनले रास्वपाका उमेदवार मनिष झालाई समर्थन गर्दै बुधबार रास्वपामा प्रवेश गरेका  हुन् 

झाले आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको भन्दै अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर सिर्जना भएकाले रास्वपालाई सहयोग गर्न लागेको बताए ।

उनले देश परिवर्तनको दिशामा अघि बढिसकेकाले त्यसको बाधक आफू नबन्ने समेत बताए ।