Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो था छैन : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त रहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल लेख्दै नेता बास्कोटाले क-कसले के-के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्- 'फेरि केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त । ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो था छैन । राष्ट्रियता र लोकतन्त्र दल, नेता र ब्यक्ति भन्दा जहल्यै माथि नरहे सम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै ।