Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अन्तर्वार्ता:

को हुन कैलाली ४ का रास्वपा उम्मेदवार खेमराज कोइराला, के-के छन् उनका एजेन्डा? (अन्तर्वार्ता)

प्रदेशमा सात वटा स्मार्ट सिटीहरु स्थापना गरिनुपर्छ

कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइरालाको जन्म गौरीगंगा नगरपालिका–१ मा भएको हो। कोइराला राजनीतिमा नयाँ भए पनि लामो समय शिक्षण, उद्यम र सामाजिक सेवामा संलग्न व्यक्ति हुन्।

राजनीतिमा आउनुअघि उनी कुनै पनि दलको सक्रिय भूमिकामा थिएनन्। २०५३ सालदेखि क्याम्पस अध्ययनसँगै आत्मनिर्भर बन्न संस्थागत विद्यालयमा पढाउँदै आएका उनले २०६५ सालसम्म अध्यापन गराए। त्यसपछि केरा खेतीमा संलग्न भए पनि बजार अभावका कारण घाटा बेहोर्नुपर्‍यो। रोजगारीका लागि उनी दक्षिण कोरिया गएर करिब २६–२७ महिना कृषि मजदुरका रूपमा काम गरेर स्वदेश फर्किए।

राजनीतिक हिसाबले हामी अरु दलभन्दा धेरै अगाडी छौ। जनता अहिले परिवर्तनको पक्षमा हुनुहुन्छ। सर्वसाधारण देखि लिएर बौद्धिक वर्गसम्मका सम्पूर्ण मतदाताहरु परिवर्तनको लागि उत्साहित हुनुहुन्छ। अन्य दलमा आस्था राख्ने साथीहरु पनि एकपटक परिवर्तनको लागि यो देश निर्माणको अभियानमा हामी सँगसँँगै जान्छौ हामी पार्टी परित्याग नगरे पनि एकपटक मत परिवर्तन गर्छौ।

नेपाल फर्किएपछि कोहलपुरमा निजी विद्यालय सञ्चालन गर्दै भाइस प्रिन्सिपल (सह-प्रचार्य) को जिम्मेवारी सम्हालेका खेमराजले २०७२ सालदेखि आफ्नै क्षेत्रमा विद्यालय सञ्चालन गर्दै आएका थिए । हाल उनी रास्वपा कैलाली जिल्ला सचिव हुन्। साथै, लायन्स क्लब अफ कैलाली गौरीगंगाका चार्टर प्रेसिडेन्टका रूपमा सामाजिक सेवामा उनी सक्रिय थिए।

अंग्रेजी र ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले एलएलबी अन्तिम वर्षको परीक्षा दिएका छन्। उनका अनुसार शिक्षाक्षेत्र र सामाजिक सेवामा गरेको अनुभव नै उनको राजनीतिक यात्राको आधार हो। 

यही चुनावी विषयमा नेपाल रैबारका संवाददाता राजेश धामीले कोइरालासँग गरिएको संवाद :

कैलाली-४ को वर्तमान राजनीतिक अवस्थालाई तपाईं कसरी मुल्यांकन गर्नुहुन्छ?

हामी अरु दलहरु भन्दा धेरै अगाडी छौँ। जनता अहिले परिवर्तनको पक्षमा हुनुहुन्छ। सर्वसाधारणदेखि बौद्धिक वर्गसम्मका सम्पूर्ण मतदाताहरु परिवर्तनको लागि उत्साहित हुनुहुन्छ। अन्य दलमा आस्था राख्ने साथीहरु पनि एकपटक परिवर्तनको लागि, यो देश निर्माणको अभियानमा हामी सँगसँगै जान्छौ भनिरहेका छन्। पार्टी परित्याग नगरे पनि एकपटक मत परिवर्तन गर्छौ तपाईहरु ढुक्क रहनुस भन्ने खालको उहाँहरुको भनाइ रहेको कारणले हामी रुपमा चुनाव जित्छौ।

कैलाली श्रेत्र नं ४ का  मुख्य समस्याहरु के-के देख्नुहुन्छ?

कैलाली ४ विशेषता सबैभन्दा बढी कमैया मुक्ति शिविरहरु, विपन्न वर्गहरु भएको क्षेत्र हो। त्यसमा पनि  तुलनात्मक रुपले दलितहरुको बसोबास धेरै छ। यो थारु बाहुल्यता क्षेत्र पनि हो।

यस क्षेत्रमा आर्थिक समस्याहरु छन्। विपन्न वर्गका लागि आर्थिक समावेशिताको आधारमा गुणस्तरिय जीवनका यापनका निम्ती विशेष प्याकेजको केन्द्रमा पहल गर्नुपर्छ। त्यस्तै गरेर शिक्षामा देखिएका समस्याहरु, स्वास्थ्यमा देखिएका समस्याहरु पनि समाधान गर्नुपर्ने छ।

WhatsApp Image 2026-02-06 at 6.52.53 PM (1).jpeg

गोदावरी नगरपालिका भित्रै पनि चाप सल्लीतिर सडक, पुल नभएका कारणले बर्खाको समयमा सर्पको समस्या, उपचारका लागि स्वाश्थ्य चौकी पनि नभएकाले धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेका छन्।

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पूर्ण रुपले संचालन गर्नुपर्ने छ। यसमा स्वामित्वको समस्या छ। दोस्रो कुरा ठेकेदारहरुले निर्माण गरिसकेपछि पनि भुक्तानी नभएका कारणले तयार भवनहरु पनि अस्पताललाई हस्तान्तरण हुन बाँकी रहेको समस्या छ। उपकरण खरिदमा बजेटको अभाव भएको छ।

कर्मचारीको विषयमा पनि केन्द्र, प्रदेश र स्थानीय सरकारको बीचमा तालमेल नमिलेका कारणले अस्पताल पूर्ण रुपमा संचालनमा नआउदा यहाका बिरामीहरुलाई मार परेको छ। यथासिघ्र त्यसको संचालन गर्न पहल हामी गर्नेछौँ।

त्यसैगरी धनगढी-खुटिया-दिपायल फास्ट ट्रयाकका कुराहरु छन्। सडक, पुल पुलेसा निर्माण, सिचाईका कुराहरु खानेपानीका समस्याहरु यावतहरु रहेका छन् । हाम्रो क्षेत्रमा हामीले क्रमिक रुपमा समस्याको समाधान प्राथमिकीकरणको आधारमा अनिवार्य गर्नेछौ।

सम्भावनाहरुको सदुपयोग गर्दै समृद्ध र सुन्दर सुदूरपश्चिम बनाउन सक्ने क्षमता हामी राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरु राख्छौँ। तसर्थ म संविधान पद्दत मेरो हक अधिकार जिम्मेवारी पुरा गर्नको निम्ति म सदा तत्पर छु। ऐन कानुन निर्माण देखि लिएर संसदमा मेरो उपस्थिति दरो रुपमा रहनेछ।

तपाईलाई राजनीतिमा आउन के कारणले प्रेरित गर्यो व्यक्तिगत रुपमा तपाईको क्षेत्र नम्बर ४ प्रतिको लगाब कस्तो छ?

म यो भन्दा पहिला सक्रिय राजनीति नगरेको व्यक्ति हुँ। पछिल्ला घटनाक्रमहरु जसले हामी जस्तो निष्क्रिय रुपमा बसिरहेको व्यक्तिहरुलाई राजनीतिमा आउन बाध्य बनाएको हो। हामीले पुराना दलका नेताहरुको काम गर्ने कार्यशैली सबै कुराहरुलाई हेर्दा कतै पनि चित्त नबुझेपछि अब चुपचाप लागेर बस्नु हुदैन। एउटा जिम्मेवार नेपाली नागरिक भएको नाताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ। राजनीतिलाई शुद्ध रुपले सेवा हो भन्ने भावना राखेर अगाडि आउनुपर्छ।

मेरो उम्मेदवारी र मेरो राजनीतिमा सक्रिय भूमिका पार्टीमा आफ्नो ठाउँमा रहला, मैले एक पटकको लागि मात्रै उम्मेदवार हुने निर्णय गरेको छु। अर्को पटक म भन्दा बढी भिजन भएको युवा अथवा पार्टीले जसलाई निर्णय गर्छ, उहाँलाई अवसर दिने संकल्प लिएर अगाडी बढेको व्यक्ति हुँ।

म समाज सुधार र विकास लागि सुदूरपश्चिमको एउटा दिर्घकालिन, अल्पकालिन र मध्यकालिन योजना तयार गर्न सक्छु। त्यसकारण एकपटक राजनीतिमा आउनै पर्छ। 

अहिले मतदाताहरु मसँग एउटा भोट छ, यो भोट पाउने तपाईसँग एजेन्डा के छ ? भनेर सोधीराखेका छन् यसमा तपाइको भनाइ के छ?

पहिलो कुरा म आफु भ्रष्टाचार गर्दिन। भ्रष्टाचार गर्न नसक्ने कानुन बनाउँछौँ। छानबिन गरेर भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्र निर्माणमा लगालगाउँछौं। राजनीतिलाई सेवाभावको रुपमा लिएर मैले गर्ने काम इमान्दारिताका साथ गर्नेछु। म आफ्नो बुद्धि, विवेक, ज्ञान, सीप र अनुभव देशको लागि समर्पण गर्नेछु। मैले नजानेका विषयमा सरसल्लाह बमोजीम मात्रै अगाडी बढ्नेछु।

मेरो क्षेत्रको विकास मेरो पहिलो प्राथमिकता हो। हामी शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनको क्षेत्रमा पनि हामी पछाडी छौ। साथसाथै सुदूरपश्चिममा कुनै पनि ठुलो उद्योग धन्दाहरु छैनन् तर प्रशस्त सम्भावना छन्। सबै सम्भावनाहरुको सदुपयोग गर्दै समृद्ध र सुन्दर सुदूरपश्चिम बनाउन सक्ने क्षमता हामी राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरु राख्छौ । तसर्थ म संविधान पद्दत मेरो हक अधिकार जिम्मेवारी पुरा गर्नको निम्ति म सदा तत्पर छु। ऐन कानुन निर्माणदेखि लिएर संसदमा मेरो उपस्थिति दरो रुपमा रहनेछ।

म भाषणमा भन्दा पनि योजना अनुसन्धानमा विश्वास गर्ने व्यक्ति हुँ। त्यसैले भाषण कला आफ्नो ठाउँमा रहला तर मेरा योजनाहरु सधै जनहितको निम्ति, जनसेवाको निम्ति विशेषत: क्षेत्र नम्बर ४ कैलालीको निम्ति हुनेछ।

यहाँहरुको मत खेर जान दिने छैन भन्ने वाचा गर्छु। त्यसकारण हरेक मत मेरा लागि महत्वपूर्ण छ। मलाई जनताले जिताउने छन् भन्नेमा ढुक्क छु।

निर्वाचनमा तपाईको मुख्य प्रतिस्पर्धीको रुपमा कसलाई देख्नुहुन्छ ?

हामी अहिले व्यापक प्रसारप्रसारको अभियानमा छौं। अन्तरक्रिया गर्न नपाएका कारणले गर्दा मैले अहिले मेरो प्रतिस्पर्धी को हो? भनेर निर्गुल गर्न सकेको अवस्था छैन। जनताहरुले परिवर्तन चाहनु भएको छ।

सुदूर सधै दुर छ भनिन्छ। सुदूरपश्चिमबाट रास्वपालेको समानुपातिकमा दुई जना मात्रै थिए। पछि केही सुधारेको देखिन्छ। यसकारण सुदूरपश्चिमलाई दुर नै सोच्यो भन्ने छ यसलाई कसरी हेर्नुहुन्छ?

होइन त्यो दुई जनामात्रै भन्ने कुरा गलत समाचार आएको थियो। के भयो भने केहि साथीहरु छुट्न जानुभयो तर त्यो प्राइमरी इलेक्सनलाई हाम्रो पार्टीको आफ्नै मापदण्ड छ। त्यो ५० प्रतिशतको मात्रै थियो र त्यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भने सबैभन्दा बढी मत ल्याउने मानौ ५० मा ४८ पाउनु भयो। दोस्रो हुनेले पनि ४५ नम्बर प्राप्त गर्नुभयो। ५० नम्बरको अन्य हाम्रो आफ्नै मापदण्ड छ। सबै समानुपातिक उम्मेदवार लगायत हाम्रो विधानलाई पढ्ने सबै रास्वपाका सदस्यहरुलाई त्यो कुरा थाहा छ। बाँकी चाहिँ ५० प्रतिशत उहाहरुले दिएको प्रस्तुति, पोलिटिकल पोजिटिभी, सामाजिक सेवा, जनताहरुसँगको सम्बन्ध लगायत विविध कुराहरुले निर्धारण गर्ने भएर केहि भ्रम पनि भएको थियो।

त्यसकारण सबैभन्दा बढी मत ल्याउनेहरु परेनन् पछाडी परे भन्ने छ। त्यो होइन हाम्रो पार्टीको स्पष्ट मापदण्ड छ । त्यो मापदण्डका कारणले गर्दा हाम्रो प्राइमरी इलेक्सन छ। प्राइमरी इलेक्सनमा बढी मत ल्याए पनि विविध कारणले गर्दा केहि साथीहरु पछाडी पर्न जानु भएको हो।

पार्टी समायोजनका कमरणले हामीले कतिपय ठाउँहरुमा विभिन्न कुराहरु त्याग गर्नुपर्ने अवस्थामा पनि थियौं। साथीहरुले सुरुमा केहि मन दुखाए जस्तो गरे पनि जब उहाँहरुले बुझ्नुभयो। त्यसपछि हामी एकजुट छौँँ एक ठाउँमा छौ। हाम्रो परिवार अझ बलियो भएको छ। त्यसैले गर्दा अहिले हामीले सुदूरपश्चिमले जति प्राप्त गर्नुपर्ने हो। त्यो अनुरुप रास्वपाले कतै विभेद गरेको छैन।

देशव्यापी रुपमा रास्वपाकोलहर कस्तो देख्नुहुन्छ? बहुमत आउँला?

मज्जाले बहुमत आउछ। किनभने जसलाई यो भन्दा अगाडी मासु भातमा बिक्नुहुन्छ। अथवा लोभ लालचमा पर्नुहुन्छ। भन्ने भाष्य सिर्जना गरेको थियो। तिनलाई हामीले त्यसरी अवमूल्यन गरेनौ गरेकापनि हैनौँ र गर्ने पनि छैनौँँ। उहाहरु सबैभन्दा बढी सचेत देखिनु भएको छ।

WhatsApp Image 2026-02-06 at 6.52.54 PM.jpeg

आजसम्म त हामीलाई एक खालको भ्रममा राखिएको रहेछ। हाम्रो अवमल्यान गरिएको रहेछ। अब हामी त्यस्तो गर्दैनौ सबैभन्दा बढी हामी सचेत हुन जरुरी रैछ भनेर बुझिसक्नु भएको छ। उहाहरु एकदमै मत परिवर्तन गर्नको लागि आतुर देखिएका कारणले गर्दा बहुमत मात्रै हैन हामी अत्याधिक संख्यामा विजय प्राप्त गर्दैछौ।

यो तथ्यांकले देखाएको कुराहरु हो। जनलहरले देखाएको कुराहरु हो। विभिन्न संञ्चार माध्यम र विभिन्न खालका आन्तरिक अनुसन्धानहरुले पुष्टि कुराहरु हुन्। हामी ढुक्क छौ। हाम्रो सरकार निर्माण हुन्छ। हामी देश निर्माणको क्रममा अगाडी बढ्छौ एक जनाको भिजनले देश नबन्दो रहेछ तसर्थ युवा पुस्ताका विचार भावना उहाहरुका योजनाहरु सहित हामी सरकार बनाएर देश निर्माणको अभियानमा एकदम समर्पित भएर लाग्ने छौ। हाम्रो जित सुनिश्चित छ।

कैलाली-४ का युवाहरु रोजगारी सिप र अवसरको खोजीमा विदेशिन बाध्य छन्। युवाहरुसँग सम्बन्धित तपाईको योजना के छ?

हाम्रो अर्थतन्त्र कमजोर छ। यहाहरुलाई थाहा भएकै विषयवस्तु हो। अहिले तत्कालमा हामीले रोजगारी व्यापक रुपमा सिर्जना गर्न सक्ने अवस्थाहरु छैन। तर पनि हामी इमान्दार भएर रोजगारी सिर्जनाका निम्ति लाग्नै पर्नेछ। बेरोजगार को को हुनुहुन्छ ? उहाँहरुका तत्कालका अप्ठ्याराहरु के के छन्? हामीले त्यसको अध्ययन गरिरहेका छौ। कृषि क्षेत्रबाटै पनि रोजगारीको सिर्जना गर्ने अवसर छ। यस्तैगरी विदेश गइरहेकालाई हामी एकदुई वर्षैमै रोक्न सक्ने अवस्था देखिदैन। उद्योगधन्दा संचालन गरेर त्यहाँबाट रोजगारी सिर्जना गर्न कलकारखाना स्थापना गर्नुपर्ने हुन्छ। त्यसका निम्ति भौतिक पुर्वाधारहरु तयार गर्न पनि चार पाँच वर्ष लाग्न सक्ने देखिन्छ।

हामी यहाँ भएका सम्पूर्ण सम्भावनाहरुको सदुपयोग गरेर रोजगारीको सिर्जना गर्ने नै छौँ। रोजगारीका लागि भारत जाने र त्यहा भोग्नु परेको दु:खहरु कम गर्न हामीले सुदूरपश्चिम भरि व्यापक रुपमा नि:शुल्क रुपमा तालिमहरु संचालन गर्ने योजना छन्। जस्तै सेक्युरिटीका ट्रेनिङहरु दिएर वा सामान्य कुकहरुको ट्रेनिङहरु अथवा जस्तो खालको तालिम आवश्यक पर्छ त्यो आयोजना गरेर दक्ष जनशक्ति उत्पादन गर्ने सोच छ।

रोजगारीलाई व्यवस्थित गर्ने एउटा चरणमा लैजान्छौ भने रोजगारी सिर्जनाको निम्ति दर्घकालिन योजनाहरु बनाएर अगाडि बढ्छौ।सुदूरपश्चिमका १६ जना सांसदहरुको बीचमा न्यूनतम एउटा मापदण्ड तय गरेर साझा एजेन्डाहरुमा हामी एक ठाउँमा हुनुपर्छ। सुदूरपश्चिम एक ठाउँमा हुनुपर्छ भन्ने उद्येश्यले  एउटा संञ्जाल निर्माण गरेर सबै प्रतिनिधिसभाका सांसदहरुको बीचमा व्यापक छलफल गरेर एक खालको खाका तयार गर्नेछौ। एउटा मोडालिटी तयार गर्नेछौ र हाम्रो आवाज सदनमा एकै किसिमको हुनेछ।

यहाँ भएका मानवीय संसाधन, प्राकृतिक संसाधन, वित्तीय संसाधन सबैको समुचित प्रयोग गरेर हामी रोजगारी सिर्जना गर्नेछौँ। सुदूरपश्चिममा प्राकृतिक सम्पदाहरु, ऐतिहासिक सम्पदाहरु, सांस्कृतिक सम्पदाहरु, धार्मिक स्थलहरु प्रशस्त रुपमा छन्।  अपी,सैपाल जस्ता हिमालहरु, टिकापुर पार्क, विभिन्न धार्मिक स्थलहरु, घोडाघोडी ताल, विभिन्न रमणीय स्थलहरुलाई सदुपयोग गरेर हामी पर्यटन मार्फत रोजगारी सिर्जना निम्ति योजना बनाएर अगाडि बढ्नेछौ। हाम्रो अल्पकालिन, मध्यकालिन र दर्घकालिन योजना तयार हुनेछ। हामी दुई तीन वर्ष भित्रमा रोजगारीका अवसरहरु अवश्य सिर्जना गर्नेछौ।

सात वटा प्रदेशमा सात वटा स्मार्ट सिटीहरु स्थापना गरिनुपर्छ। जसमा पर्यटनलाई जोडेको छु। आविष्कार केन्द्रका विषय जोडेको छु, कृषि बजारको विषय जोडेको छु। त्यसको कोर कन्सेप्ट मानौ कोशी प्रदेशमा चिया स्मार्ट सिटी रहनेछ। त्यसै गरेर कफी हुने ठाउँमा कफी स्मार्ट सिटी हुनेछ भने सुदूरपश्चिममा फलफुल अथवा तरकारी स्मार्ट सिटी जसले त्यो सँग सम्बन्धित विषय वस्तुहरुको बारेमा अध्ययन गर्ने केन्द्रहरु पनि बन्नेछन्।

केहि महिना अगाडी तपाईले गरिबी न्यूनीकरण र विकासका लागि स्मार्ट सिटी परियोजना अवधारणा भनेर पार्टीलाई बुझाउनु भएको थियो। यो परियोजना के हो ?

मैले यो परियोजना धेरै ठाउँमा अध्ययन गरेर, सुदूरपश्चिमका करीब ५ सय जनाभन्दा बढी विज्ञहरुसँग बसेर तयार पारेको हुँ। त्यसपछि डा. स्वणिम वाग्लेसँग पनि मेरो अवधारणाको बारेमा छलफल गरे। नेपाल सरकारका पूर्व सचिव किशोर थापा जो शहरी विकास विज्ञ हुनुहुन्छ उहाँको सुझाव सल्लाहमा मैले यो ल्याएको हुँ। यसमा मैले विश्वमै नभएको एउटा प्रतिस्थापन प्रणाली रिप्लेसमेन्ट सिस्टमलाई राखेको छु।

स्मार्ट सिटीभित्र ‘प्रतिस्थापन प्रणाली’ समावेश गरिएको छ। जसले सुकुमबासी र श्रमिक वर्गलाई व्यवस्थित बसोबास, रोजगारी र उद्यमशीलतामा रूपान्तरण गर्ने लक्ष्य राख्छ। विपन्न वर्गलाई उद्योगपति बन्न सक्ने अवसर सिर्जना गर्ने गरी संरचना तयार गरिएको छ।

योजना अनुसार प्रत्येक प्रदेशमा स्थानीय विशेषतामा आधारित स्मार्ट सिटी स्थापना गरिनेछ। उदाहरणका लागि, कोशी प्रदेशमा ‘चिया स्मार्ट सिटी’, कफी उत्पादन क्षेत्रलाई ‘कफी स्मार्ट सिटी’ र सुदूरपश्चिममा फलफूल तथा तरकारी केन्द्रित स्मार्ट सिटी विकास गर्ने प्रस्ताव छ। ती सहरहरूमा अनुसन्धान केन्द्र, कृषि बजार, पर्यटन प्रवर्द्धन र नवप्रवर्तन (इनोभेसन) केन्द्र स्थापना गरिनेछ, जसले उत्पादनदेखि बजारीकरणसम्मको प्रक्रिया सुदृढ गर्ने लक्ष्य राखिएको छ।

परियोजना खर्चिलो भए पनि चरणबद्ध रूपमा कार्यान्वयन गर्न सकिने छ। यसकोलागी आवश्यक बजेट व्यवस्थापनको प्रारम्भिक खाका समेत तयार गरिएको छ। यो तत्काल लागू हुने योजना नभई दीर्घकालीन राष्ट्रिय विकास रणनीतिको रूपमा अघि बढाइनेछ।

यो उम्मेद्वारीकै क्रममा सुरुमा हरि रेग्मी भनेर आएको थियो पछि अन्तिममा तपाईको नाम आयो यसमा के छ यो?

उम्मेदवारी दर्ताको क्रममा देखिएको नाम परिवर्तन प्राविधिक ढिलाइका कारण भएको हो। सुरुमा हरि रेग्मीलाई आधिकारिक टिकट प्रदान गरिएको भए पनि स्थानीय तहका नेता तथा युवा कार्यकर्ताले क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने माग गर्दै मेरो नाम एकल सिफारिस गरेपछि, रेग्मीले पनि सहमति जनाउँदै हस्ताक्षरसहित समर्थन गरेका हुन्।

मनोनयन दर्ताको अघिल्लो दिन साँझ ५ बजेपछि निर्णय भएको र केन्द्रीय नेताहरूको व्यस्तता तथा अन्य प्राविधिक कारणले टिकट सार्वजनिक गर्न ढिलाइ भएको हो। नाम परिवर्तनबारे मिडियामा आएका अड्कलबाजी निराधार हुन्। दुवै पक्षबीच सौहार्दपूर्ण सम्बन्ध छ र पार्टीलाई जिताउन संयुक्त रूपमा अघि बढिरहेका छौँ।