Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ ७२ लाख ६० हजार मतपत्र छापियो

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ७२ लाख ६० हजार मतपत्र छपाइ भएको छ ।

निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा हाल सम्म ७२ लाख ६० हजार छपाई गरेर ५ हजार ८२५ बाकस प्याकिङ्ग भई सकेको छ । आयोगले डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ्ग सम्पन्न भई सकेको जानकारी दिएको छ ।

आयोगले ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको जानकारी दिदै प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने जानकारी दिएको छ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिसकिएको छ ।

त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।