रौतहटको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार, गाडीमा उम्मेदवारको स्टिकर टाँसिएको थियो तर गाडीमा उम्मेदवार स्वयं सवार थिएनन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताएअनुसार, गाडीले बाटोमा खेलिरहेका बालिकालाई ठक्कर दिएको थियो ।
घाइते बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालिका सोही नगरपालिका निवासी सागिर मोहम्मदकी छोरी अल्फा खातुन हुन्।
प्रहरीले ठक्कर दिने गाडी नियन्त्रणमा लिएको छ भने चालकको खोजी जारी रहेको छ।