राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले उद्योगहरू देशको मेरुदण्ड भएको बताएका छन् ।
चुनावी अभियानको क्रममा उदयपुर पुगेका उनले उदयपुर सिमेन्ट उद्योग अगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्- उद्योगहरू देशका मेरुदण्ड हुन् । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ।
उनले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने बताए ।