Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका लागि झापा-५ मा खोलेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

कमल गाउँपालिका- २ स्थित पार्टीको सम्पर्क कार्यालयमा ढुंगा प्रहार गरिएको हो । प्रहरीले कसले तोडफोड गरेको भन्ने पारे नखुलेको जानकारी दिएको छ ।

झापा- ५ मा बालेन र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेकाले यस क्षेत्रप्रति सबैको चासो रहेको छ ।