Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

२६८१ विन्दुमा नेप्से, एक अर्बले घट्यो कारोबार

आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ । यस दिन नेप्से १.६४ अंकले घटेर २६८१.५० विन्दुमा बन्द भएको हो ।

अघिल्लो दिन आठ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन सात अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । 

यस दिन ३२६ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ११३ कम्पनीको मूल्य बढ्दा १३४ को घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज सुपरमाई हाइड्रोपावर,कालिञ्चोक दर्शन, सुपरमादी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको अर्थात् १० प्रतिशतले बढेको छ ।