Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

शान्तिका लागि मतदान गर्न प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले यसपालिको मतदान शान्तिका लागि निम्ति गर्न आग्रह गरेकी छन् । राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन नवलपुर (पूर्वी नवलपरासी) को हात्तिखोर पुगएकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तर्कियामा उनले यस्तो आग्रह गरेकी हुन् ।

त्यस क्रममा उनले भनिन्- ‘यो चुनाव नियमित चुनाव होइन । यो विशेष चुनाव हो। तपाईँहरु शान्तिका लागि मतदान गरिदिनुहोस् । यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ। व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो। पहिला देशलाई जिताऊँ। देशको शान्ति र रुपान्तरणका निम्ति हामी सबै एक ठाउँमा उभिएर संकल्प गर्नुपर्ने बेला हो। शान्ति र सुव्यवस्था मुलुकमा भयो भने पालो पाइएन भन्नेहरु पनि सबैले पाउलान्।’

दीक्षान्त कवाजको औपचारिक समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेकी थिइन् । उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरुसँग चुनावको तयारी तथा सुरक्षा अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । 

त्यस क्रममा उनले चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका निम्ति कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन पनि दिएकी थिइन् ।