Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

झापाका युवा नेता मैनालीले छोडे एमाले, रास्वपा प्रवेश गरेको घोषणा

झापाका नेकपा एमालेका युवा नेता अर्जुन मैनालीले एमाले परित्याग गरेका छन् । मंगलबार मैनालीले एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको बताएका हुन् ।

मैनालीले सामाजिक सञ्जालमार्फत रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्- 'आज २०८२ साल १० महिना २० गतेदेखि नेकपा एमाले परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन् । एमालेमा रहदा सयेाग गर्नुहुने आआदरणीय नेता गणहरु सहयात्री साथीहरु शुभचिन्तकहरु सबैमाआभार तथा सहयोग गर्नुहुने सबैमा धन्यबाद दिन चाहान्छु ।आजका मितीदेखि म रास्वपा पार्टीमा आबद्द हुने समेत सबैमा जानकारी गराउदछु ।'

मैनाली यस अघि बिर्तामोड उद्योग बाणिज्य संघको महासचिवमा एमालेको प्यानलबाट निर्वाचित भएका थिए । त्यसपछि अध्यक्ष  पदको उम्मेदवार बनेर पराजय भएका थिए ।