Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

तत्कालिन एकीकृत समाजवादीका कास्कीका नेताहरु एमालेमा फर्किए

एकीकृत समाजवादीका कास्की जिल्ला कमिटीका सदस्यहरु नेकपा एमालेमा फर्किएका छन् । तत्कालिन एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य झपिन्द्रराज रेग्मी, शिवराज आचार्यसहित तीन सय भन्दा बढी नेताहरु एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेक केन्द्रीय कमिटी सदस्य तथा एमाले गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारी , प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, कास्की इन्चार्ज  कृष्ण थापासहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।