Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ।

आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारका क्रममा सादा पोसाकका प्रहरी भोट माग्दै गरेको आशयको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आइतबार दोस्रोपटक स्पष्टीकरण सोधिएको हो।

त्यस्तै, निर्वाचन प्रचारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के कसो भएको हो भन्ने सम्बन्धमा पनि आयोगले स्पष्ट जवाफ मागेको छ। निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा आयोगले साहलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको जनाएको छ।