Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जुम्ली जनताले वास्तविक र परिपक्व व्यक्तिलाई जिताएर पठाउने छन् : उम्मेदवार धिताल

प्रतिनिधिसभा उम्मेदवार मनऋषि धितालले जुम्ली जनताले आफूलाई जिताउने विश्वास बढेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै धितालले बास्तविक र परिपक्व उम्मेदवारको खाँचो रहेकोले आफूलाई भोट हाल्नेसमेत दाबी गरेका छन् ।

प्रगतिशील लोकतान्त्री पार्टीका केन्द्रीय सदस्य रहेका धितालले जनताले पुरानै ढर्रा र आडम्बरले जुम्ली जनता आजित भएकाले नयाँलाई जिताउने विश्वास रहेको बताए । धितालले पूराना दल र प्रमुख नेताहरुले आफूलाई रुपान्तरण गर्न नखोज्दा जेनजी विद्रोह भएको र त्यसपछि पनि नसुध्रिएको जनताउँदै आफूले पनि नयाँबाटो रोजेको जनाए । ‘आस्थालाई नभई दासतालाई केन्द्रमा राखेर पुराना पार्टीहरुले नेतालाई देउता बनाउँदाको परिणाम आज जनतातको बलिदान खेर गएको छ, त्यसलाई तोड्न मेरो उम्मेदवारी हो’ धितालले भने ।

धितालले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भएको र जुम्ली जनताले पनि त्यही महसुस गरेकाले जुम्लामा सोही अनुसार उम्मेदवारी दिएको बताए । धितालले जुम्लाको ऐतिहासिक तथा गौरवशाली इतिहासलाई पुर्नजीवित गर्न, जुम्लाको विकासका लागि नीतिगत सेवा गर्न, शिक्षा–स्वास्थ्य तथा सञ्चारको क्षेत्रलगायताका आधारभूत क्षेत्रको विकास गर्न, जुम्लाको पर्यटन तथा कृषि क्षेत्रमा क्रान्तिका अधार तयार गर्न, पूर्वाधार विकासलाई योजनाबद्ध बनाउनलगायतका चुनावी प्रतिबद्धता जाहेर गरेका छन् ।