डा. निकोलस भुसाल (कमल भुसाल) ले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट उनले उम्मेदवारी दिएका हुन् ।
मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको भुसालले बताए।उनले आगामी निर्वाचनमा पनि आफूले पहिलेदेखि उठाउँदै आएका मागहरूलाई चुनावी एजेन्डाको रूपमा अगाडि सारेको बताए।
जुत्ता चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका भुसालले राजनीतिक दलहरूले युवाहरूका समस्या समाधान नगर्ने भएकाले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताए।