मोरङ क्षेत्र नम्बर ६ मा ‘हेभीवेट’ उमेदवारका कारण यसपटक पनि चर्चामा छ । केही अघिसम्म पनि कांग्रेसजन नेता डा. शेखर कोइराला उमेदवार बन्ने वा नबन्ने भन्ने द्विविधामा थिए ।
यधपी नेकपा (एमाले)का अध्यक्ष केपी ओली शर्माले प्रारम्भिक उमेदवार सूची सार्वजनिक गर्दा यो उक्त क्षेत्र खाली थियो । एमालेका विनोद ढकाललाई भने ‘होल्ड’मा राखिएको थियो । तर, अन्ततः शेखर र विनाेद दुवै यही क्षेत्रमा चुनाव लड्ने भएका छन् ।
यी दुई पार्टीमा राजनीतिक खेलाडीमा पकड बनाएका नेता मानिन्छन् । शेखर विशेष महाधिवेशनमा आएनन् । तर अन्तिममा गगन थापासँग टिकट लिएर चुनाव लड्न आएका छन् भने विनोद अध्यक्ष ओलीको इतर समूहबाट केन्द्रीय महाधिवेशनमा सचिव पदमा उठेका हुन् ।
यिनै दुई पुराना नेतालाई मोरङ–६ मा २५ वर्षीय जेनजी उमेदवार राम खत्रीले टक्कर दिँदै छन् । भोजपुर घर भई विराटनगरमा बस्दै आएका खत्री मोरङमा सबैभन्दा कान्छा उमेदवार हुन् । राजनीतिमा भर्खरै पाइला टेकेका र जेनजी मुभमेन्टपछि चर्चामा आएका खत्रि द काउन्सिल अफ जेनजी मोरङका संयोजक पनि हुन् ।