Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एमालेबाट रूपन्देही क्षेत्र नं. २ मा पौडेलले गरे उम्मेदवारी दर्ता

रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार देवीनगरस्थित निर्वाचन कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।एमालेका उपाध्यक्ष समेत रहेका पौडेल देवीनगर चौपारीबाट जिल्लाका नेता तथा कार्यकर्ताहरूको ठूलो र्‍याली सहित मनोनयनका लागि निर्वाचन कार्यालय पुगेका थिए।

पौडेल निवर्तमान अर्थमन्त्रि हुन् ।