Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

झापा–२ मा पूर्वसभामुख र उपसभामुख नै आमनेसामने

पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए ।

उनका समर्थकमा एकराज कार्की  र प्रस्तावकमा चिन्तन पाठक रहेको छ । 

यसैगरी पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले अर्जुनधारा नगरपालिकास्थित–२ नम्बर निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए ।