Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई पनि रोक्न सकेनौँ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् ।

उनले बिहीबार एक वक्तव्य कार्यक्रम गर्दै कांग्रेसलाई एकतावद्ध राख्न नसकेकाे बताएका हुन् ।

‘कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न, हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन उनले भने।’

‘यस बीचमा घटेका कैयाैं घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका बारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु,’ उनले अगाडि लेखेका छन्', ।

उनले कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई पनि रोक्न नसकेको बताए ।

उनले पार्टी विभाजनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको आरोप समेत लगाएका छन् ।