Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् ।

उनले कांग्रेसमा नबोल भनेर कसैले भन्दैगर्दा बोल्न छाड्ने कोही पनि पार्टीमा नभएको थापाको भनाइ छ । ‘कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन । हामी सबै बराबर छौं,’ थापाले भने ।

साथै, उनले थ पभने, ‘यहाँ प्रश्न छन् । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सकदैन उसले उत्तर पनि खोज्न सक्दैन । तपाईंहरूको प्रयसाले कांग्रेसलाई ज्यूँदो राखेको छ ।’ उनले जेनजी आन्दोलनका क्रममा देखिएको रिस र आक्रोश भ्रष्टाचार, कुशासन र बेथितिसँग भएको बताए ।