Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मलाई सभापति, प्रधानमन्त्री हुने कुराले कहिल्यै लोभ्याएन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको सभापति, देशको प्रधानमन्त्रीजस्ता पदले आफूलाई नलोभ्याउने बताएका छन् ।

उनले  सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताएका हुन् ।

उनले कांग्रेस नियमसम्मत प्रक्रियाबाट चलोस् भन्नेमा आफू संघर्षरत रहेकाे र कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न आफूले नचाहएको बताए ।

“मैले कांग्रेसभित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ । धेरै युवा साथीहरू मसँग जोडिए । म सधैँ कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्नेमा संघर्षरत रहेँ,” उनले भने' ।

मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन । यस्ता अवसरहरू आए, तर मैले रुचि देखाइनँ उनले भने' ।

उनले आफूलाई सभापति, प्रधानमन्त्री हुने कुराले कहिल्यै नलोभ्याउँने बताए ।