Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कांग्रेस र एमालेसँग कुरा नमिलेपछि एकल उम्मेदवारी दिने तयारीमा नेकपा

माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल नहुने भएको छ । कांग्रेस र एमालेले आफूखुसी भागबण्डा गरेकाले नेकपाबिच तालमेल नहुने भएको हाे ।

कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्नका लागि नेकपाले मतभार अनुसार कम्तीमा चार सिट दाबी गरेको थियो । तर ओली निवासमा मंगलबार राति अबेरसम्म भएको छलफलमा एमाले र कांग्रेसले नेकपालाई एक÷दुई सिटमा टार्न खोजेपछि भागबण्डा नमिलेर नेकपा बाहिरेको छ । 

यधपी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पार्टीबाट टिकट वितरण थालेका छन् । नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई उम्मेदवार बनाएको छ। अन्य प्रदेशमा पनि उम्मेदवार छनोटमा प्रचण्ड माधव लागेका छन्।