Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बादलको संयोजकत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले उपध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन् भने सदस्यहरूमा छविलाल विश्वकर्मा, डा. राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन् ।