राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक बस्ने भएकाे छ । उक्त बैठक आज दिउँसो २ बजे बस्ने भएकाे हाे ।
आजकाे बैठकमा १० वटा कार्यसूची तय गरिने भएकाे छ। बैठकमा छलफलको लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति तय गरिने छ ।
रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीहरूको नाम मागेको छ। त्यसैका लागि आवेदन दिने सीमा तोक्न लागेको प्रवक्ता मनिष झाले बताए ।
उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार गर्ने कार्यसूची रहेको छ । उम्मेदवार सिफारिस उपसमिति संयोजक डा। स्वर्णिम वाग्ले छन् भने पार्टी समायोजन उपसमिति संयोजक महामन्त्री कविन्द्र बुर्लाकोटी छन्।
त्यस्तै केन्द्रीय समिति विस्तार गर्ने कार्यसूची पनि तय गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले मेयर बालेन शाहको समूहबाट २६ जना मनोनीत गरेको थियो। साथै विवेकशील साझा पार्टीबाट ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।
यधपी बैठकमा निर्वाचन परिचालन समिति गठन गर्ने,निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम, स्थानीय तह उम्मेदवार क्लब गठन गर्नेछ ।
समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि बनाउनेबारे निर्णय हुने प्रवक्ता झाले बताए ।