Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एमाले सचिवालय बैठक जारी, यी हुन् आठ एजेन्डा

नेकपा एमाले सचिवालयको बैठक जारी छ । उक्त बैठकमा आठ वटा कार्यसूची प्रस्तुत गरिएको छ।

बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने पहिलो कार्यसूची रहेकाे छ। यधपी बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको घोषणा–पत्र तयारी समिति गठन, निर्वाचन परिचालन समिति गठनको एजेन्डा पनि रहेका छन् । 

त्यस्तै निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन, युवाकेन्द्रित निर्वाचन परिचालन रणनीति र संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी र  सम्पर्क विशेष संगठन कमिटी गठन पनि हुनेछ । 

पार्टी नियमावलीमा संशोधन, नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधनलगायत एजेन्डा रहेको सचिव महेश बस्नेतले जानकारी दिए ।