राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व साथै थरूहट/थारूवान अभियानीहरूबीच ९ बुँदे सहमति भएको छ। सोमबार यी दुई राजनीतिक शक्तिहरूबीच ९ बुँदे सहमति भएको हो।
उक्त सहमति पत्रमा रास्वपाबाट उपसभापति डीपी अर्याल, थरुहट÷थारुवान अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी र नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हस्ताक्षर गरेका छन् ।
गत भदौ २३ र २४ को जेनजी प्रदर्शन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न सहमति भएकाे हाे ।
