नेकपा (एमाले)काे सचिवालय बैठक बस्ने भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे बस्ने गरी उक्त बैठक बाेलाएकाे हाे ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिव अधिकारीले जानकारी दिए ।