Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

ओलीलाई जाँचबुझ आयोगले काट्यो बयानका लागि पत्र

भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ । आयोगले तत्कालिन प्रधानमन्त्री समेत रहेका ओलीलाई आइतबार पत्र काटेको हो ।

अध्यक्ष ओलीले जाँचबुझ आयोगलाई बयान नदिने अडान लिँदै आएका छन् । आयोगले ओलीको निवासमै गएर बयान लिन सक्ने समेत बताइएको छ तर आयोगले यसको पुष्टि गरेको छैन ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ र उनको स्थानहद समेत फुकुवा गरिसकेको छ ।