Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

चोरी गरेरै काठमाडौँमा घर, दुई मोटरसाइकलसहित पक्राउ परे २२ पटक

जेनजी प्रदर्शनका क्रममा जेलबाट भागेका रोहित खड्गी शाहीलाई प्रहरीले चोरीका दुई मोटरसाइकलसहित पुनः पक्राउ गरेको छ।शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेको विशेष टोलीले शनिबार पक्राउ गरेको हो । उनी सुनधारास्थित केन्द्रीय कारागारमा चोरी मुद्दामा थुनामा थिए ।

काठमाडौँ महानगरपालिका–१८, नरदेवी बस्ने शाही पटके ‘चोर’ हुन् । उनी पहिले पनि पटक–पटक पक्राउ भइसकेका थिए । पछिल्लो पल्ट कारागारबाट भागेपछि प्रहरी उनको खोजतलासमा लागेको थियो ।

सूचनाका आधारमा प्रहरी टोली उनलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको हो। त्यहाँ उनीसँगै दुई शङ्कास्पद मोटरसाइकल फेला परे। अनुसन्धानमा ती दुवै मोटरसाइकल चोरीको भएको खुल्यो।

प्रहरीका अनुसार एउटा मोटरसाइकल भक्तपुरबाट र अर्को मोटरसाइकल काठमाडौँको मित्रनगरबाट चोरी गरिएको थियो। २२ वर्षका शाही २१ पटक चोरी आरोपमा पक्राउ परिसकेका छन् । अनुसन्धानका क्रममा शाहीले चोरी गरेर काठमाडौँको टोखामा घर घडेरी समेत किनेको खुलेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ।