मानव अधिकार आयोगले २३- २४ भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ । आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टा समय लगाएर बयान लिइएको हो ।
आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । थापाले ओलीसँग गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बिषयमा वयान लिएको पुष्टी गरेकि छिन् ।
कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष भएको नाताले त्यसक्रममा गरेका कामकारबाही केन्द्रित प्रश्नोत्तर भएको उनको भनाई छ । आयोग स्रोतका अनुसार आयोगले दिउँसो ४ बजेदेखि साँझ ६: ३० बजेसम्म बयान लिइएको हो ।