प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।
सुवेदीलाई गत बिहीबार पिसाबको संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो। चार दिनदेखि अस्पतालमा उपचाररत उनलाई थप उपचार आवश्यक देखिएपछि आज भारत लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ।
उनलाई पिसाबमा संक्रमण, रिगाँटा लाग्ने समस्या तथा पेटसम्बन्धी समस्या देखिएको बताइएको छ। यद्यपि, उपचारका लागि कुन अस्पताल लैजान लागिएको हो भन्ने विषयमा भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।