गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिइरहेको छ ।
आयोगकी सदस्य लिली थापाले ओलीसँग अहिले सोधपुछ गरिरहेकी छन् ।
जेनजी आन्दोलनका सन्दर्भमा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। आन्दोलनको क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।