Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अमेरिकी आक्रमणमा भेनेजुएलामा कम्तिमा ४० को मृत्यु

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ ।भेनेजुएलाका एक शीर्ष अधिकारीले न्युयोर्क टाइम्स लाई यस्तो जानकारी दिएका हुन् ।

शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्‍याएर हिरासतमा राखेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएका थिए ।

तर न्यूयोर्क टाइम्सकाअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरु मारिएका छन् ।

उक्त आक्रमणमा भने अमेरिकी सेनाका कुनै पनि सदस्यको मृत्यु नभएको तर केही व्यक्ति घाइते भएको जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको सीबीएस न्युज ले जनाएको छ।